डिप्रोक्स लघुवित्त लिवाङ शाखा द्धारा छात्रवृत्ति वित्तरण

 

यामप्रसाद बोहरा 
लिवाङ रोल्पा, असोज १, डिप्रोक्स लघुवित्त वित्तीय संस्था शाखा कार्यालयले लिवाङ रोल्पाले आज एक जना छात्रलाई छात्रवृत्ति वित्तरण गरेको छ । संस्थाको आर्थिक सहयोगमा श्री वालकल्याण माध्यमिक विद्यालय लिवाङ रोल्पामा कक्षा १० मा अध्यनरत छात्र दिपेश कवर लाई वितरण गरिएको हो । 

संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कवर लाई रु ५ हजार वितरण गरिएको संस्थाका शाखा प्रबन्धक माधवप्रसाद श्रेष्ठ्ले जानकारी दिनुभयो  । यसका साथै प्रत्येक वर्ष एसइईमा उत्कृष्ट अंक ल्याउने सदस्यको छोरा।छोरी लाई पुरस्कार रकम वितरण गर्दै आएको पनि जानकारी दिनुभयो ।  आज सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तुलसी प्रसाद श्रेष्ठ्, संस्थाका कर्मचारीहरु यामप्रसाद बोहरा,वसन्त के.सी. लगायत विद्यालयका शिक्षक तथा कक्षा १० मा अध्यनरत  छात्र।छात्राहरुको सहभागीता रहेको थियो । 






Post a Comment

0 Comments

Comments