चैत्र ८, यामप्रसाद बोहरा
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिवाङ शाखाले आज विद्यार्थी सँग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाले देशव्यापी सञ्चालन गर्दै आएको यस कार्यक्रम आज राष्ट्रिय मा.वि. विद्यालय खुमेल रोल्पामा सम्पन्न गरेको हो ।
वचत गरौ सुरक्षीत भविष्य निर्माण गरौ भन्ने उदेश्य साथ सञ्चालन भएको कार्यक्रममा नेपालको बैकिंङ ईतिहास, वैंक खाता र यसको आवश्यकता, वचत कसरी गर्ने ? वचत किन गर्नुपर्छ ?वजेट निर्माणको महत्व लगायतका विषयमा संस्थाका लिवाङ शाखा प्रमुख पूर्णप्रसाद पान्डेले प्रशिक्षण दिनुभएको थियो । आज सम्पन्न उक्त कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
0 Comments