लिवाङ, फागुन १९
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिवाङ शाखा अन्तर्गत आज एक छात्रा पुस्कृत भएकी छिन । संस्थाको २४ औ स्थापना दिवसको अवसरमा एस.ई.ई मा उत्कृष्ट अंक ल्याउने देवा के.सी लाई आज पुरस्कृत गरिएको हो ।
रोल्पा–३ गोठमारेमा सञ्चालीत केन्द्र नं. ०२२ की सदस्य ललिता खत्रीको छोरी देवा के.सी. लाई आज एक कार्यक्रमका विच सम्मान तथा पुरस्कृत गरिएको हो । कार्यक्रममा लिवाङ शाखाका शाखा प्रवन्धक माधवप्रसाद श्रेष्ठ ले संस्थाको नियम वमोजीम नगद सहित प्रशंसा पत्रले पुरस्कृत गर्नुभएको थियो ।
सेवा थालनीको २४ औ वर्षको यात्रा गरिरहेको यस संस्थाले वित्तीय सेवा उपभोग गरिरहेका सदस्यका छोरा–छोरीहरु मध्ये प्रत्येक वर्ष उत्कृष्ट अंक ल्याउनेलाई पुरस्कृत गरिने गरिएको बताइएको छ । संस्थाले ग्राहक संरक्षण कोष अन्तर्गत सुत्केरी स्हायार भत्ता, काजक्रियामा सहयोग तथा प्राकृतिक विपत्तीको वेला सदस्यलाई राहत उपलव्ध गराउँदै आईरहेको समेत प्रवन्धक श्रेष्ठले जानकारी दिनुभयो ।
0 Comments