डिप्रोक्स लिवाङ शाखाद्धारा छात्रवृत्ति वितरण

 

यामप्रसाद बोहरा, मंसिर १५ डिप्रोक्स लघुवित्त वित्तीय संस्था शाखा कार्यालयले लिवाङ रोल्पाले, आज एक जना छात्रालाई छात्रवृत्ति वित्तरण गरेको छ । संस्थाको आर्थिक सहयोगमा आधारभुत विद्यालय धवाङमा अध्यनरत पूर्णीमा वि.क.लाई वितरण गरिएको हो । 

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत वि.क. लाई रु ५ हजार वितरण गरिएको संस्थाका शाखा प्रबन्धक माधवप्रसाद श्रेष्ठ्ले जानकारी दिनुभयो  । यसका साथै प्रत्येक वर्ष एसइईमा उत्कृष्ट अंक ल्याउने सदस्यको छोरा–छोरी लाई पुरस्कार रकम वितरण गर्दै आएको पनि बताइएको छ ।  आज विद्यालयमा सम्पन्न भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विशाल के.सी. शिक्षक तथा सम्पूर्ण विद्यार्थीहरुको सहभागीता रहेको थियो । 



Post a Comment

0 Comments

Comments