डिप्रोक्स लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम, धवाङमा

 

लिवाङ,फागुन २३

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिवाङ रोल्पाले आज वित्तीय साक्षरता तथा केन्द्र उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रोल्पा नगरपालिका  वडा नं. ६ धवाङमा वित्तीय साक्षरता तथा केन्द्र उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको हो । 

केन्द्र नं. १५१ कि सदस्य भानमति रोकाको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा लिवाङ शाखा प्रमुख माधवप्रसाद श्रेष्ठले बचत भनेको के हो ? वचत किन गर्ने ?कहाँ गर्ने ?कसरीे गर्ने ?कर्जा भनेको के हो ? सावाँ, व्याज भनेको के हो ? योजना निर्माण कसरी गर्ने ? नाफा नोक्सान भनेको के हो ? लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा केन्द्र नं. १५० र १५१ केन्द्रका ३४ जना सदस्यहरुको सहभागीता रहेको थियो । 

Post a Comment

0 Comments

Comments