ग्लोवल आइएमई लघुवित्तको आयोजनामा तरकारी खेती तालिम

 

तुलसीपुर, फागुन १० 

ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाले आज १ दिने बेमौसमी तरकारी खेति तालिम सम्पन्न गरेको छ । संस्थाको सामाजीक उतरदायित्व कार्यक्रम अन्र्तगत शाखा कार्यालय त्रिवेणी रोल्पाले उक्त कार्यक्रम सम्पन्न गरेको बताइएको छ । 

केन्द्र नं. ००४ कि सदस्य सपना परियारको अध्यक्षता एबं त्रिवेणी गाउपालिका वडा नं. ३ कि वडा अध्यक्ष तिला वलीको प्रमुख आतिथ्यता तथा सरस्वति मा. वि का प्रधानाध्यापक लालबहादुर घर्तीको विशीष्ट आतिथ्यतामा उक्त कार्यक्रम समपन्न भएको हो । 

कृष्णबहादुर बुढाले प्रशिक्षण दिनुभएको उक्त तालिममा १३५ जना सदस्यहरुको सहभागीता रहेको थियो । तालिममा प्रशिक्षक बुढाले माटोको छनौट, माटोको उपचार, नर्सरी निर्माण, रासायनिक विषादीको असर, तरकारी गोडमेल तथा हेरचाह लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

संस्थाको कर्मचारी मन्दिप कुमार बुढाथोकीले सञ्चालन गर्नुभएको उक्त समापन कार्यक्रममा स्टेसन कार्यालय तुलसीपुर दाङका अनुगमन अधिकृत अशोककुमार बोगटी समेतको सहभागीता रहेको थियो । 







Post a Comment

0 Comments

Comments