दानवाङमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

 

लिवाङ,फागुन १३

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिवाङ रोल्पाले आज वित्तीय साक्षरता तथा केन्द्र उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत  रोल्पा नगरपालिका  वडा नं. ७ दानवाङमा वित्तीय साक्षरता तथा केन्द्र उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको हो । 

केन्द्र नं. ००२ कि सदस्य रोशनी घर्तीमगरको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा लिवाङ शाखा प्रमुख माधवप्रसाद श्रेष्ठले बचत भनेको के हो ? वचत किन गर्ने ? कहाँ गर्ने ? कसरीे गर्ने ? कर्जा भनेको के हो ? सावाँ भनेको के हो ? व्याज भनेको के हो ? योजना निर्माण कसरी गर्ने ? कर्जा सदुपयोगीता किन गर्ने ? लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । ३१ जना सदस्य सहभागी भएको कार्यक्रमको सहजीकरण कर्मचारी वसन्त के.सी. ले गर्नुभएको थियो । संस्थाले यसअघि घोडागाउँ र पातिहाल्नामा पनि कार्यक्रम सम्पन्न गरिसकेको छ ।

Post a Comment

0 Comments

Comments